२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


भारतमा महिला आरक्षण विधेयक लोकसभाबाट पारित


208
Shares

एजेन्सी । भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक पारित भएको छ ।

भारतीय जनता पार्टीको सरकारले संसदको विशेष अधिवेशन डाकेर उक्त विधेयक ल्याएकोमा बुधबार लोकसभाबाट अत्यधिक बहुमतसहित विधेयक पारित भएको हो ।

विधेयकको पक्षमा ४ सय ५४ मत पर्दा २ मत मात्रै विपक्षमा परेको थियो । सत्तारुढ र लगभग सबै विपक्षी दलहरु महिला आरक्षण विधेयकमा एक ठाउँमा उभिएका हुन् । अब माथिल्लो सदन राज्यसभाबाट पनि विधेयक पारित हुनुपर्ने छ ।

महिला आरक्षण विधेयक अनुसार अब लोकसभा चुनावमा भारतीय महिलाका लागि कम्तिमा ३३ प्रतिशत सीट आरक्षण हुने छ । साथै प्रान्तहरुमा पनि महिलाका लागि ३३ प्रतिशत सिट आरक्षण हुनेछ । भारतीय संसदमा २७ वर्ष अगाडि प्रवेश पाएको महिला आरक्षण विधेयक बल्ल पारित भएको हो ।