
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ ।
कांग्रेस मूख्यालयमा बस्ने बैठक दिउँसो १ बजे सुरु हुनेछ । समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संरचना, भ्रातृ संगठनहरुको व्यवस्थापनलगायत विषयमा छलफल हुने बुझिएको छ ।
आगामी मंसिर १३, १४ र १५ गतेका लागि तय गरिएको महासमिति बैठकका एजेण्डाबारे पनि बैठकमा छलफल हुनेछ ।
डा. शेखर कोइराला समूह भने बैठकमा फरक तरिकाले प्रस्तुत हुने तयारीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्