१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सर्लाहीको लालबन्दीमा हतियारधारी समूहबाट लुटपाट


10.478k
Shares

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्तिटोलमा बिहीबार बिहान हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ ।

वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा हतियारधारी समूहले लुटपाट गरेको हो । मुखमा रुमाल बाँधेर आएका ५÷६ जनाको समूहले ठाकुरको घरबाट नगदका साथै अन्य सामानहरु लुटेर लगेको प्रहरीले जनाएको छ ।

लुटेरा समूहलाई प्रतिकार गर्दा घरधनी ४५ वर्षीय ठाकुर घाइते भएका छन् । उनको टाउकोमा चक्कु प्रहार भएको छ । घाइते ठाकुरको मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको जनाइएको छ ।

घरधनी ठाकुर केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । घटनास्थलबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ ।

लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी तीव्र पारिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिनुभयो ।