
सिन्धुली । सिन्धुलीको दुधौलीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।
सर्पदंशबाट दुधौली नगरपालिका– ६ हर्षाहीकी ६५ वर्षीया जानुकी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बुधबार बेलुकी घरमै विषालु सर्पले डसेपछि घाइते उनलाई उपचारका लागि दुधौली सर्पदशं अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्