
एजेन्सी । वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा भएको ड्रोन आक्रमणमा कम्तिमा ३ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
इजरायली सेनाका प्रवक्ताकाअनुसार जेनिन शरणार्थी शिविरमा कारबाही गरिएको थियो । उत्तरी वेस्ट बैंकमा अवस्थित लडाकुहरुको गढ रहेको सो क्षेत्रमा आक्रमण गरिएको थियो ।
इजरायलीहरुविरुद्धको आक्रमणमा संलग्न भएको आशंकामा सेनाले दुई प्यालेस्टाइनी नागरिकलाई पक्राउ गरेको छ ।
इजरायली सेना भने सकुशल रहेको सेनाका प्रवक्ताले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्