
सिन्धुली । सिन्धुली जिल्लामा सञ्चालित राष्ट्रिय गौरबको आयोजना सुनकोशी–मरिण डाइभर्सन निर्माण लक्ष्य भन्दा बढी भएको छ ।
योसँगै ठेकेदार पक्षलाई दिनु पर्ने भुक्तानीको रकम पनि बढाउनु पर्ने भएको छ । आयोजनाको सुरुङ्ग निर्माण गर्ने चीनीया ठेकेदार कम्पनी चाईना ओभरसिज ईन्जिनियरिङ्ग कम्पनीले लक्ष्य भन्दा बढी निर्माणको कार्य गरिरहेको जनाएको छ ।
आयोजनाकालागि सरकारले ४६ अर्ब विनियोजन गरेका मध्धे गत आर्थिक वर्ष हुदै चालु आर्थिक वर्ष सम्म कुल १० अर्ब १३ करोड रुपौयाँ खर्च भैसकेको जनाईएको छ । आयोजनाका निर्देशक मित्र वरालका अनुसार सुरुङ निर्माणको कार्य लक्ष्य भन्दा कढी भएकाले चालु आर्थिक वर्षमा १ अर्ब २७ करोड बढी खर्च भएको जानकारी दिनुभयो । बहुदेश्यीय आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङ मध्ये टनेल वोरिङ मेसिन टिविएम संचालन भएको कुल १२ महिनाको अवधिमा करिव ९ किलोमिटर सुरुङ निर्माण सम्पन्न हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्