१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘सरकार अराजकता, हत्या र हिंसाउन्मुख भयो’


195
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको आन्दोलनलाई सरकारले सहमति र सम्झौता, वार्ता र संवादद्वारा निस्कर्ष निकाल्नुपर्ने बताउनुभएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता केसीले यस्तो बताउनुभएको हो । उहाँले चार लाख शिक्षकलाई सडकमा राख्नु नहुने बताउनुभयो ।

नेता केसीले राष्ट्रिय रुपमा अहिले विभिन्न खालका जटिलता देखिएको भन्दै अन्तर जातिय भाइचारामा आएको द्वन्द्व, धर्मबीचको द्वन्द्व र एकले अर्कोलाई मार्छु भन्दासमेत सरकार मौन रहने स्थिति देखिएको बताउनुभयो । उहाँले देशमा अराजकता बढेकाले त्यसबाट रोक्न काँग्रेसले भुमिका खेल्नुपर्ने बताउनुभयो ।

नेता केसीले सरकार अराजकता, हत्या र हिंसाउन्मुख भएको भन्दै यस परिस्थितिलाई रोक्न काँग्रेसले भुमिका खेल्नुपर्ने बताउनुभयो ।