२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दलहरुको अविश्वासको कारण शान्ति प्रक्रिया टाढिँदै गयो : नेता सिटौला


13
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुका बीचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्षः उपलब्धि, चुनौति र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै नेता सिटौलाले यस्तो बताउनुभएको हो । उहाँले विस्तृत शान्ति सम्झौतामा प्रतिवद्धता गरे अनुरुपका कामहरु अझै अधुरो रहेको भन्दै यसको कारण राजनीतिक दलहरु भएका बताउनुभयो । नेता सिटौलाले राजनीतिक दलहरु एकै ठाउँमा उभिएमा सहजै समाधान दिन सकिने बताउनुभयो । उहाँले राजनीतिक दलहरु आपसी विश्वासमा आएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

नेता सिटौलाले विस्तृत शान्ति सम्झौता बद्लावको भावनाले सिर्जना नगरिएको स्पष्ट पार्नुभयो । विस्तृत शान्ति सम्झौता शान्ति र न्यायको भावनाले सिर्जना गरिएको दस्तावेज भएको उल्लेख गर्नुभयो ।