
web pic
काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ पण्डितपुरवास्थित हुलाकी सडकखण्डको छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
बिहीबार ९ वर्षीया खुसनुमा सल्मानीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्