
काठमाडाैं । चिनमा जारी १९ औं एसियन गेम्सको टेबल टेनिसतर्फ शुक्रबार नेपालले दुई इभेन्टमा प्रतिस्पर्धा गर्दैछ ।
टेबल टेनिसको महिला र पुरुषको टिम इभेन्टमा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो ।
महिलातर्फ टिम इभेन्टमा नेपालले सिंगापुरको सामना गर्नेछ भने पुरुषतर्फ जापानसँग खेल्ने तालिका छ ।
एसियन गेम्सको औपचारिक उद्घाटन शनिबार हुने भएपनि खेलहरु भने दुई दिन अघि नैं सुरु भइसकेका छन् । नेपालले आफ्नो पहिलो खेलमा पुरुष भलिबलतर्फ प्रतिस्पर्धा गरेको थियो ।
समुहमा बहराइन र इरानसँग लगातार दुई खेल हारेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
१९ औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडी सहभागि छन् ।
प्रतिक्रिया दिनुहोस्