२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पाकिस्तानमा जनवरी अन्तिम साता आमचुनाव गर्ने घोषणा


208
Shares

एजेन्सी । पाकिस्तानमा आगामी जनवरीमा आमनिर्वाचन हुने घोषणा गरिएको छ ।

पाकिस्तानको निर्वाचन आयोगले आगामी जनवरी अन्तिम साता ताजा जनादेशका लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।

गत अगष्ट ९ मा पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले तत्कालीन प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा नयाँ निर्वाचनका लागि संसदको तल्लो सदन नेशनल एसेम्बली विघटन गर्नुभएको थियो ।

त्यसपछि अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको थियो । पाकिस्तानको संविधान अनुसार संसद् विघटन भएको ९० दिनभित्र आम निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

तर निर्वाचन आयोगले निर्वाचत क्षेत्रको समीक्षा तथा नयाँ मतदाता तय गर्नुपर्ने भन्दै जनवरीमा मात्रै निर्वाचन गर्ने घोषणा गरेको हो ।