२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


पूर्वमन्त्री खेमराज भट्टको निधन


4.875k
Shares

काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ को निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित पूर्वमन्त्री खेमराज भट्टको गएराति बिर अस्पताल काठमाडौंमा मृत्यु भएको हो ।

गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्येका भट्ट एक हुन् । रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले २०४२ सालमा नारायणहिटी राजदरबार, सिंहदरबारमा बम बिष्फोट गराउँदा भट्ट जनवादी मोर्चाको उपाध्यक्ष थिए ।

१२ वर्ष भारतमा निर्वासित जिवन समेत बिताएका उनी २०५६ सालको आम निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएपछि सामान्य प्रशासन मन्त्री बनेका थिए ।