१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मुगुको सदरमुकाम गमगढीमा आगलागी


533
Shares

काठमाडौं । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ ।

शुक्रबार राति करिब १ बजे छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा भएको आगलागीका कारण ६ वटा घर जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार नेपाल प्रहरी, रेडक्रस र स्थानीय समुदायको सक्रियतामा आगलागी ५ घन्टा पछि नियन्त्रणमा लिइएको छ।

जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए । उक्त आगलागीमा कुनै मानवीय क्षति नभएको तर ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको छ ।