२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


पाँचथरमा आत्महत्या गर्ने क्रम बढ्दो


1.287k
Shares

पाँचथर । पछिल्लो समय पूर्वी पहाडि जिल्ला पाँचथरमा झुण्डिएर आत्महत्या गर्ने मानिसहरुको संख्यामा वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा ५५ जनाले आत्महत्या गरेकोमा गत आर्थिक वर्ष ०७९/०८० मा ६२ जनाले आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्यांकमा उल्लेख छ ।

यस्तै, आर्थिक वर्ष ०८०/८१ को साउन देखि अहिले सम्ममा १५ जनाले आत्महत्या गरिसकेको प्रहरीले जनाएको छ । मानसिक तनाव, पारिवारिक कलह, महत्वकांक्षा, असफलता जस्ता विविध कारणले गर्दा आत्महत्या गरेको प्रहरीको भनाई छ ।

वढ्दो आत्महत्या रोक्न तथा न्यूनिकरण गर्न स्थानिय सरकारसँग समन्वय सहकार्य गदैं अघि बढ्नुपर्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हेमन्त क्षेत्री भण्डारीले बताउनुभयो ।