४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


अबको तीन महिनामा घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्नेछ : अध्यक्ष चन्द


3.224k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह निर्विरोध चयन हुनुभएको छ ।

शुक्रबार राति अध्यक्षमा चन्द निर्विरोध चयन हुनुभएको हो भने शनिबार बिहान उपाध्यक्षमा हालका कोषाध्यक्ष रोशन सिंह निर्विरोध चयन हुनुभएको हो ।

त्यस्तै अन्य पदाधिकारी चयनका लागि भने शनिबार दिउँसोबाट मतदान शुरु भएको छ । चन्दकै प्यानलबाट कोषाध्यक्षमा उठेका पदमबहादुर खड्का पनि निर्विरोध हुनुभएको छ ।

सचिवमा भने पूर्व क्रिकेटर पारस खड्का र प्रशान्तविक्रम मल्ल प्रतिष्पर्धामा हुनुहुन्छ । निर्विरोध अध्यक्षमा चयन भएसँगै अध्यक्ष चन्दले आफ्नो यो कार्यकालको तीन महिना भित्र नै घरेलु संरचनालाई नयाँ किसिमले बदल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भारत र पाकिस्तान जस्तै नेपाली टोलीलाई पनि त्यो स्तरसम्म पुर्‍याउनुपर्ने चुनौति रहेको बताउनुभयो । उहाँले सरकारले भौतिक संरचनामा ध्यान दिएर अघि बढ्न आवश्यक बताउनुभयो ।

उहाँले पद पाएसँगै जिम्मेवारी बढेको महशुस भएको बताउनुभयो । उहाँले अघिल्लो कार्यकाल भन्दा यस पटक केही नयाँ किसिमबाट राम्रो गर्ने प्रतिवद्धता जनाउनुभयो ।