८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मुलुकमा उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता छ : शिक्षामन्त्री राई


325
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ ।

आत्मनिर्भर, स्वावलम्बि र उत्पादन वृद्धि हुनेगरी शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने उहाँको भनाई थियो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री राईले श्रमलाई सम्मान गर्ने भावनाको जागृत गराउन पनि सरोकारवाला सबै निकायलाई आग्रह गर्नुभयो ।

श्रमलाई सम्मान गर्ने भावनाको विकास नहुँदा मुलुकको शैक्षिक जनशक्ति विदेशतिर पलायन हुने अवस्था आएकाले त्यसलाई रोक्न सबै पक्षले सरकारलाई साथ दिनुपर्ने उहाँले बताउनुभयो । मन्त्री राईले श्रम महान चीजको भन्ने कुरा स्थापित नभएसम्म युवाहरुले मुलुक भित्रै श्रम गर्ने बानीको विकास हुन नसक्ने बताउनुभयो ।

मन्त्री राईले शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफल पनि मुलुकले पाउन नसकेको गुनासो समेत गर्नुभयो ।