१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता


403
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङको औपचारिक भेट भएको छ ।

आजबाट चीनको एक हप्ते औपचारिक भ्रमण सुरु गर्नुभएका प्रधानमन्त्री दाहालले हाङ्चाउको स्टेट गेस्ट हाउसमा चिनियाँ समय अनुसार अपराह्न ४: ५० पछि भेट गर्नुभएको हो ।

एसियाली खेलकुदको औपचारिक उद्घाटनको क्रममा सहभागी हुन आएका सिरिया, कुवेत, कम्बोडिया, पूर्वी टिमोर लगायतका सरकार तथा राष्ट्रप्रमुखहरुसँग भेट गर्ने क्रममा सी र दाहालकाे भेट भएको हो । भेटमा प्रधानमन्त्री दाहालले नेपाल चीन सम्बन्ध रणनीतिक तहमा पुगेको भन्दै एसियाली खेलकुदको व्यस्तता हुँदा पनि भेट भएकोले सीको तारिफ गर्नुभयो ।

सीले सिरियाका राष्ट्रपति बसर अल असद र कुवेतका राजकुमार शेख मेसाल अल अहमद अल जबर अल सबसँग शुक्रबार भेट गर्नुभएकाे थियाे । दाहालभन्दा अगाडि आजै सीले कम्बोडियाका राजा नरोदम सिहामोनी, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुस्माओसग पनि भेट गर्नुभएको थियो ।

भेटमा दुई पक्षको हित र खेलकुद बारेमा छलफल भएको बताइएको छ ।