
सिन्धुली । सिन्धुलीमा अमुल्य काठ दाउरा वन जंगलमा सड्दै जान थालेका छन् ।
सरकारी ऐन नियम अव्यवहारिक र असहज बनेका कारण वन जंगलहरुमा लाखौं, करोडौं मूल्य वरावरका अमुल्य वन पैदावरहरु सडेर दिनदिनै माटोमा परिणत हुदै गएका छन् ।
सरकारले वन ऐन नियमावली २०७९ बाट ल्याएको वन पैदावर बिक्री वितरण मापदण्ड अनुसार वन पैदावर लिलाम विक्री वितरण हुन नसक्दा वन पैदावरहरु वन जंगमै सडन थालेका हुन् ।
सरकारद्वारा गोलिया काठ मापनमा अगाडि सारिएको नयाँ प्रणाली अव्यवहारिक भएका कारण सिन्धुलीको मरिण डिभिजन र सिन्धुली डिभिजनका धेरै स्थानमा रहेका वनहरुबाट लिलामी प्रक्रिया हुन नसकेको हो ।
पछिल्लो समय वन जंगलमा काठ सड्ने अवस्था भएपछि पुरानो मापदण्ड क्वाटर गर्थ फर्मुलामा फर्किन नसकिए सिन्धुलीको करिव एक करोड बरावरको सरकारी राजस्व समेत सडेर जाने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्