
काठमाडौं । नेपाल क्रिकेट सङ्घको केन्द्रिय सचिवमा पारस खड्का विजयी हुनुभएको छ ।
प्रतिष्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिवमा निर्वाचित हुनुभएको हो ।
कुल खसेको ८५ मतमध्ये पारसले ४८ मत ल्याउनुभएको थियो भने प्रशान्तले ३७ मतमा प्राप्त गर्नुभयो । निर्वाचित भइसकेपछि खड्काले घरेलु क्रिकेटको संरचना विकास गर्नुआफ्नो पहिलो प्राथमिकताको विषय रहेको बताउनुभयो ।
उहाँले नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रुपमा अझ अघि बढाउने पनि बताउनुभयो । उहाँले जिल्ला र प्रदेश स्तरको क्रिकेट संरचनालाई पनि बलियो बनाएर लैजाने बताउनुभयो ।
खड्काँले भौतिक संरचनामा सरकार र राष्ट्रिय खेलकुद परिषद्ले विशेष भुमिका खेल्न आवश्यक रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्