
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ ।
जिल्ला अदालत काठमाडौंमा सुनुवाइका लागि आइतबार सो मुद्दाको पेसी तोकिएको हो । गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दाको सुनुवाइ आइतबारका लागि सारिएको हो ।
२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेसीमा चढिसकेको छ ।
यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्