२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


चितवनको बैकुण्ठे तालमा डुबेर बैंकका कर्मचारीको मृत्यु


6.591k
Shares

काठमाडौं । चितवनको माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा डुबेर एक जना बैंकका कर्मचारीको मृत्यु भएको छ।

भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिनाको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए।

दिउँसो नुहाउने क्रममा बेपत्ता भएका तिमिल्सिनाको शव साँझ भेटिएको थियो।