८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन


12.181k
Shares

एजेन्सी । भारतको विदेशी मुद्रा सञ्चिति ४ महिना यताकै न्युन बिन्दुमा झरेको छ ।

सेप्टेम्बर १५ मा समाप्त भएको सातामा भारतको विदेशी विनिमय सञ्चिति ८ सय ६० मिलियन अमेरिकी डलरले घटेर ५ सय ९३ दशमलव ०३७ अर्ब डलर पुगेको हो ।

दक्षिण एशियाली मुलुकको विदेशी सञ्चिति घटेको यो लगातार दोस्रो साता हो । सेप्टेम्बर ८ मा विदेशी मुद्रा ४ अर्ब ९९ करोड डलरले घटेर ५ सय ९३ दशमलव ९० अर्ब डलर पुगेको थियो ।

विदेशी मुद्रा सञ्चितिको वर्तमान मूल्य चार महिना यताकै न्युन रहेको बताइएको छ । विश्वव्यापी घटनाक्रमका कारण सञ्चिति घटेको बताइएको छ ।