
काठमाडौं । पश्चिम तराईमा थारु समुदायले आज ‘बडकी अतवारी’ पर्व मनाउँदैछन् ।
रूपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तु जिल्लाका थारु समुदायले ‘बडकी अतवारी’ पर्व मनाउने गदर्छन् ।
यस पर्वमा थारु समुदायले भीम भगवानको पूजा गर्नुका साथै सूर्यको दर्शन गर्ने परम्परा रहेको छ । भीम जस्तै बलवान र निरोगी हुनका लागि भीम भगवानको पूजा गर्ने चलन रहेको हो ।
यो पर्वमा छोरी चेली, दिदी बहिनी तथा भाञ्जाभाञ्जीलाई चिनी रोटी खाने र खुवाउने पुरानो परम्परा छ । पश्चिम तराईका दाङ, बाँके र बर्दिया क्षेत्रका थारु समुदायले तीजपछिको पहिलो आइतबार मनाउँछन् भने रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रका थारु समुदायले तीजको ६ दिनपछिको आइतबार मात्र यो पर्व मनाउने गर्दछन् ।
यसर्थ दाङ, बाँके र बर्दियाका थारु समुदायले यो पर्व गएको हप्ता मनाइसकेका छन् । ‘बडकी अतवारी’ पर्व थारु समुदायको सबैभन्दा ठूलो पर्व मानिन्छ । यस अवसरमा आज रूपन्देहीका अधिकांश पालिकाले सार्वजनिक बिदा दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्