२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पूर्वराजा शाहद्वारा तलेजु भवानीको दर्शन


3.146k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गर्नुभएको छ ।

आइतबार अपरान्ह पूर्वराजा शाहले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको हो ।

भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुग्नुभएका पूर्वराजा शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए । स्थानीयवासीहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ ‘जनता आउ राजा ल्याउ’ जस्ता नारा लगाएर पूर्वराजा शाहको स्वागत र सम्मान गरेका थिए ।