
एजेन्सी । सोमालियामा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ४० जना बढी घाइते भएका छन् ।
विस्फोटक पदार्थले भरिएको ट्रकलाई बेलेडवेन सहरको सुरक्षा चौकीमा ठोक्काई विस्फोट गराइएको समाचार संस्था एएफपीले जनाएको छ ।
विस्फोटबाट उक्त भवन भत्किएको छ भने भवनको भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार जारी रहेको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।
प्रहरी अधिकारीेका अनुसार भग्नावशेषबाट शव निकाल्ने क्रम जारी रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने छ । यसैबीच सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदले विज्ञप्ति जारी गदै आक्रमणमा परी ज्यान गुमाएकाहरूका परिवारजनप्रति समबेदना प्रकट गर्नु भएको छ ।
राष्ट्रपति हसनले सरकारविरुद्ध लागेको अतिवादी समूह अल–शबाब का साथै आतङ्कवादीहरूलाई निर्मूल गर्ने अभियानबाट कहिल्यै पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्