५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


जसपाको किरात राष्ट्रिय समिति पुनर्गठन


247
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको किरात राष्ट्रिय समिति पुनर्गठन भएको छ ।

पार्टीको धरान उपमहानगर समितिकोे कार्यालयमा आइतबार सम्पन्न किरात राष्ट्रिय समिति रुपान्तरण कार्यक्रमबाट रमेश राईको अध्यक्षतामा ३४ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षहरुमा गणेश राई, मानभगत चाम्लिङ, बिना राई, मुख्यसचिव प्रशन्न राई, सचिवहरु गोपाल राई, महेन्द्र राई, नेत्रबहादुर नेम्बाङ र कोषाध्यक्ष जंगमान राई रहेका छन् ।

जसपाको विधानले संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ र ओखलढुङ्गा जिल्लाहरुको किरात राष्ट्रिय समिति हुने भनेको छ । जसपाको विधान बमोजिम राष्ट्रिय समिति ३९ सदस्यीय सम्मको बनाउन सकिने प्रावधान छ ।