१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुस्लिम आयोगद्वारा धार्मिक सहिष्णुता खलबलाउनेलाई कारवाहिको माग


21.437k
Shares

काठमाडौं । सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आइबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मलङ्गवा घटनाका सन्दर्भमा ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले मलगंवासहित मधेश प्रदेशका केहि जिल्लाहरुमा केही अराजक तत्वहरुले धार्मिक सहिष्णुता खलबलाउने प्रयास गरिरहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्नुभयो ।

उहाँले कर्फ्युको बाबजुतपनि मुस्लिम समुदायको घरघरमा लुट्ने, चेलिबेटिलाई दुर्व्यवहार गर्ने कार्य भइरहेको भन्दै दोषीलाई हदैसम्मको कारबाही गर्न गृह मन्त्रीलाई आग्रह गर्नुभयो । अन्सारीले मुस्लिम समुदाय सदैव शान्ति, समृद्धी र देशको उन्नती प्रगतिको पक्षमा रहेको बताउनुभयो ।