
काठमाडौं । बडादशैँकाे अवसरमा आगामी असोज १० गतेदेखि ललितपुरमा जुत्ता चप्पल ब्यापार आयोजना हुने भएको छ ।
नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान भन्ने मुख्य नारासहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यवसायीको समूहले बर्षेनी गर्दै आएको मेलालाई यस वर्ष पनि निरन्तरता दिने भएको हो ।
जावलाखेल मैदानमा आयोजना हुने मेला आगामी कात्तिक ३ गतेसम्म चल्ने छ । अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा उद्योगी व्यवसायीमा सकारात्मक उर्जा प्रवाह गर्ने उद्देश्यले पनि गतिविधि आवश्यक भएकाले मेला गर्न लागेको आयोजकले जनाएका छन् ।
मेलामा देशका स्थापित कम्पनी र ब्राण्डका ३ हजार बढी मोडल र डिजाइनका जुत्ता उपलब्ध हुने जनाइएको छ । नयाँ उत्पादन समेत बजार प्रवेश गरिने मेलामा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटसमेत उपलब्ध गराइने पनि आयोजकले जनाएका छन् ।
मेलाको ३ लाख बढीले अवलोकन गर्ने अपेक्षा रहेको मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्