२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु


221
Shares

काठमाडौं । सल्यानको कपुरकोटमा सोमबार बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जीप कपुरकोट गाउँपालिका– ३ चोरखोलामा दुर्घटना भएको सल्यान जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सल्यान प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन भने दाङ तुल्सिपुर उपमहानगरपालिका २ का ३५ वर्षीय नारायण योगी घाइते भएका छ्न ।

योगीलाई उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले जनाएको छ ।