
काठमाडौं । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहाल र अध्यक्ष लेजीबीच भेटपछि बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको हो। सोमबार बिहान चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा उहाँहरूको भेटवार्ता भएको हो ।
दाहालले चिनियाँ समकक्षीसँग सोमबार द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ । नेपाल -चीन द्विपक्षीय भेटवार्तापछि दुई देशबीच विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्