१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोसोभोमा प्रहरी अधिकृतको हत्या


9.542k
Shares

एजेन्सी । कोसोभोमा आपाराधिक समुहको गोली प्रहारबाट एक प्रहरी अधिकृतको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

गस्तीमा रहेको प्रहरी टोलीमाथि सर्बियासँगको सीमाना नजिक आपराधिक समूहले आक्रमण गर्दा ती प्रहरी अधिकृतको मृत्यु भएको हो । सडकमा अवरोध सृजना गरेर बसेका आक्रमणकारीको समूहले प्रहरीलाई देख्नेबित्तिकै ग्रिनेड लगायत विष्फोटक पदार्थसँगै गोलाबारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माधयमले जनाएका छन् ।

कोसोभोका प्रधानमन्त्री अल्बिन कुर्तीले आक्रमणको निन्दा गर्दै त्यसलाई आतंकवादी कार्यको संज्ञा दिनुभएको छ । उहाँले विभिन्न प्रकारका स्वचालित हतियार बोकेका आक्रमणकारीले गरेको जघन्य हत्याको भत्र्सना गर्दै आतंकवादी गतिविधिमा बेलग्रेडको हात रहेको आरोप समेत लगाउनु भएको छ ।

सर्बिया र कासोभोबीचको सम्बन्ध सुधारका निम्ति युरोपेली संघको मध्यस्थता ब्रसेल्समा दुवै देशका नेताबीच भएको वार्ता असफल भएको एक सातापछि यो घटना भएको हो ।

कोसोभोमा बिगत दुई दशकभन्दा बढी समयदेखि बाल्कन क्षेत्रका यी दुई छिमेकी बीचको सम्बन्ध सुमधुर तुल्याउन तथा जारी विवाद समाधानको प्रयास युरोपेली संघले गर्दै आएता पनि सफल हुन सकेको छैन ।