१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


गैंडा मार्ने चारजना पच्चीस वर्षपछि पक्राउ


2.379k
Shares

काठमाडौं । चितवनमा एक सिंगे गैंडा मार्ने चार जना २५ वर्षपछि पक्राउ परेका छन् ।

२०५५ साल कात्तिकमा गैडा मारी खाग काटेर लगेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गरिएका बिष्णु कार्की, गोगनबहादुर बानियाँ, यामबहादुर बानियाँ तथा ६ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएका हरि कार्की पक्राउ परेका हुन् ।

निकुञ्जका कर्मचारीले गस्तीको क्रममा उक्त स्थानमा मृत गैंडा भेटेका थिए । घटनालगत्तै फरार रहेका उनीहरुलाई २५ वर्षपछि पक्राउ गरिएको निकुञ्जले जनाएको छ । विष्णु कार्की र गोगनबहादुर क्षेत्रीलाई शनिबार र यमबहादुर बानियाँलाई आइतबार सानोपोखराबाट पक्राउ गरिएको हो ।

यस्तै, हरि कार्कीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा पाँचखालबाट शनिबार पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनालाई कारागार कार्यालय भरतपुर चलान गरिएको छ ।