१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्र बैंक गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमालबीच भेट


338
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच आज भेटवार्ता भएको छ ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोडको सीमा र महँगो ब्याजदर लगायतका कारण सेयर बजार बढ्न नसकिरहेको भन्ने आरोप लगाईंदै आएको बेला भएको दुई निकाय प्रमुखको भेटलाई निकै चासोका रुपमा हेरिएको छ ।

अधिकारी र हमालबीच बढ्दो ब्याजदर, सेयर धितो कर्जामा लगाइएको सीमा, भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटीलगायत विषयमा छलफल भएको राष्ट्र बैक श्रोतले जनाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि सेयर धितो कर्जाको सीमा हटाउनुपर्ने बताउँदै आउनु भएको छ ।

मन्त्री महतले राष्ट्र बैंक, बोर्ड र नेप्सेका उच्च अधिकारीसँग छलफल गरी शेयर बजार बढ्ने उपाय अवलम्बन गर्न भनिसक्नु भएको छ ।