१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बारामा सशस्त्र प्रहरीका एक पूर्व सिपाहीको हत्या


689
Shares

काठमाडौं । बाराको पचरौतास्थित नेपाल–भारत दसगजा क्षेत्रमा सशस्त्र प्रहरीका एक पूर्व सिपाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।

६ महिनाअघि जागिरबाट राजीनामा दिएर बसेका पचरौता नगरपालिका १ का ३४ वर्षीय अमरेश सिंहको हत्या भएको हो । हत्या आरोपमा भारतीय र नेपाली गरी चार जनलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको टाउको, घाँटी लगायतका शरीरका विभिन्न भागमा काटिएको गहिरो घाउचोट छ । घटनाबारे भारतीय सुरक्षा निकायसँग समन्वय गरी अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट भारतीय र नेपाली मदिरा तस्करहरू मिलेर हत्या गरेको हुनसक्ने देखिएको पनि प्रहरीको भनाइ छ ।