
काठमाडौं । चिनमा जारी १९ औं एसियाली खेलकुदको महिला फुटबलमा नेपाललाई जापानले ८–० ले हराएको छ ।
पूर्व विश्वकप विजेता जापानले पहिलो हाफमा नेपालमाथि पाँच गोल गरेको थियो भने दोस्रो हाफमा तिन गोल थपेको थियो । विश्वकै बलियो फुटबल टोली जापानविरुद्धको खेलमा नेपालका खेलाडीहरु पुरै समय रक्षात्मक बन्नुपरेको थियो ।
समुहको पहिलो खेलमा नेपाललाई भिएतनामले २–० ले हराएको थियो । जापानले भने आफ्नो पहिलो खेलमा बंगलादेशमाथि ८–० को जित निकालेको थियो । सोमबार नै भएको समूहको अर्को खेलमा भिएतनामले बंगलादेशलाई ६–१ ले हरायो ।
यो समुहबाट जापान र भियतनाम नक आउट चरणमा प्रवेश गरिसकेका छन् । नेपालले आफ्नो अन्तिम खेलमा बिहीबार बंगलादेशसँग खेल्नेछ । सोही दिन हुने जापान र भिएतनामबीचको अन्तिम खेलले समूह विजेताको टुंगो लगाउनेछ ।
प्रतिक्रिया दिनुहोस्