२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष रुसको फरार सूचीमा


338
Shares

एजेन्सी । रूसले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अध्यक्ष होफम्यानस्की पिओटर जोजेफलाई अपराधीको सूचीमा राखेको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न आदेश दिने आइसीसीका अध्यक्ष जोजेफलाई फरार सुचीमा राख्दै रुसले अपराधीको सूचीमा समावेश गरेको हो ।

पोल्यान्डका नागरिक जोजेफलाई रूसी महासंघको फौजदारी संहिताको दफा अन्तर्गतको फरार व्यक्तिको सूचीमा समावेश गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

सन् २०१५ देखि आईसीसीको न्यायाधीश रहेका जोजेफ सन् २०२१ को मार्चमा अध्यक्ष चुनिएका हुन् ।