
काठमाडौं । इन्द्रजात्राको पहिलो दिन मंगलबार नेवार समुदायले उपाकु पर्व मनाउँदै छन् ।
नेपाल भाषामा उपाकुको अर्थ सिमाना हो । यस दिन दिवंगत परिवारको आत्माको चिरशान्तिको कामना गर्दै नगर परिक्रमा गर्ने प्रचलन छ ।
उपाकु जाने क्रममा दिपदान गर्दै नगर परिक्रमा गरिन्छ । यस अवसरमा लाखे नाच, किलागलको पुलुंकिसी नाच, हलचोकको आकाशभैरव नाच, किलागलकै देवीनाच, भक्तपुरको महाकाली नाच पनि देखाउने चलन छ ।
मंगलबार नै हनुमानढोकामा हाथु भैरव र इन्द्रचोकमा आकाश भैरबको मुर्तिलाई मन्दिर बाहिर ल्याइ प्रदर्शन गर्ने गरिन्छ ।
यस्तै, काठमाडौंका चोकचोकमा विशेष प्रकारले सजाईएको समय बजी प्रदर्शन गर्दै भजनकिर्तन गर्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्