
एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक कारागारबाट स्थानान्तरण गर्न आदेश दिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार खानलाई रावलपिण्डीस्थित ग्यारिसन शहरको अदियाला कागारामा सार्न आदेश दिइएको हो ।
तेहरिक ए इस्लाम पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री खानलाई उच्च सुरक्षासहितको जेलमा राख्न माग गरिएको थियो । भ्रष्टाचारको आरोपमा इस्लामावाद अदालतले खानलाई ३ वर्षको जेल सजाय सुनाएको थियो ।
यसअघि इमरान खानले आफूलाई दुर्गम क्षेत्रमा रहेको निकै नै साँघुरो कारागारमा राखिएको भन्दै बिरोध जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्