२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्‍याउनुपर्छ : मन्त्री भण्डारी


65
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्वच्छ खानेपानी सबै जनताको पहुँचमा पुर्‍याउनुपर्ने राज्यको दायित्व भएको बताउनुभएको छ ।

मंगलवार खानेपानी सरसफाई तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वच्छ खानेपानी तथा सरसफाई हाँसिल गर्ने यात्रामा चुनौति र अवसरहरु खोजी गर्दै प्रगति र समतामुलक विकासतर्फ डोर्‍याउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपालमा वास क्षेत्रको भविष्यलाई आकार दिन आवश्यक रहेको बताउनु भयो । मन्त्री भण्डारीले सरकारले बनाउने योजना जनसंख्याको आधारमा हुनुपर्ने बताउनु भयो ।

मन्त्री भण्डारीले शहरी विकास र खानेपानीको अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै दुवै क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताउनु भयो ।