१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समाजमा अराजकता बढ्दै गयो : उपाध्यक्ष शाक्य


676
Shares

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समाजमा अराजकता र अनैतिकता बढ्दै गएको बताउनुभएको छ ।

मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उपाध्यक्ष शाक्यले यस्तो बताउनुभएको हो । उहाँले समाजमा अराजकता र अनैतिकता बढीरहेको बेलामा र मानव सेवा कमजोर बन्दै गएको बेलामा जनसेवामा समर्पित हुँदै जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उपाध्यक्ष शाक्यले मानव स्वास्थ्यको लागि आफ्नो जीवन सिमर्पण गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले क्षयरोग र कुष्ठरोगीलाई हेर्ने नजर अहिले पनि सकारात्मक नरहेको बताउनुभयो ।

उपाध्यक्ष शाक्यले मानव स्वास्थ्यको लागि आफ्नो जीवन सिंगो रुपमा समर्पण गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो ।