२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


शेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल हटाउनुपर्छ : सुरेन्द्र पाण्डे


117
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयर धितो कर्जाको १२ करोडको सिमा हटाउनुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो ।

उहाँले यसअघि पनि सेयर धितो कर्जामा लगाएको सीमा हटाउने माग गरेको भन्दै अहिलेसम्म सरकारले त्यो काम गर्न नसकेको बताउनुभयो । उहाँले कुल कर्जाको १० प्रतिशतसम्म शेयर बजारमा लगानी गर्न पाउनुपर्ने बताउनुभयो। उहाँले शयेर बजारमा अहिले जोखिम नभएको भन्दै कर्जाको जोखिम भार पनि १०० मा झार्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले सरकारका सबै निकायहरुले आउट अफ द बक्स भनेर सोच्नुपर्ने बताउनुभयो । उहाँले अरु देशको नियम हेरेर नेपालमा लागू हुन नसक्ने बताउनुभयो । उहाँले भारतमा बैंक कर्जा वृद्धि भए अनुसार रोजगारी वृद्धि भएको तर नेपालमा हेरक वर्ष भारतको भन्दा कर्जा बिस्तार भएपनि रोजगारी सिर्जना हुन नसकेको बताउनुभयो । उहाँले बैंकहरुको लगानीको कर्जा लगानी कहाँ गयो भन्दै प्रश्न गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्र अर्थतन्त्रका इन्डिकेटर हेरेर मात्रै समाधान हुन नसक्ने बताउनुभयो ।

पूर्वअर्थमन्त्री पाण्डेले प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र सुधार नहुनुको दोष गभर्नरमाथि थोपरेर पन्छिन नमिल्ने बताउनुभयो । उहाँले सरकारले वर्तमान अर्थतन्त्र र व्यवसायीहरुका समस्या समाधान गर्नेतर्फ भन्दा पनि जिम्मेवारबाट पन्छिने काम गरिरहेको बताउनुभयो । उहाँले मुलुकमा अर्थतन्त्रको एउटा समस्या भए पनि सरकार अर्को बाटो हिडेको बताउनुभयो ।

पाण्डेले अर्थमन्त्रीले गभर्नरले माने मैले सुधार गरिदिन्छु भन्दै हिँडेको आरोप लगाउनुभयो। उहाँले गभर्नरले चाहँदैमा सबै कुरा सुधार हुने अवस्था नभएको बताउनुभयो । उहाँले गभर्नरले काम नगरे सरकारले ‘कान समातेर’ यसो गर भन्न सक्नुपर्ने बताउनु
भयो ।