७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


काठमाडौं महानगरपालिकालाई रानीपोखरीको घाँस उपहार


0
Shares

काठमाडौं, असार ५ । रानीपोखरीको पुनःनिर्माण गर्न ढिलो गरेको भन्दै काठमाडौं उपत्यकाका स्थानीयवासीले काठमाडौं महानगरपालिकालाई घाँस उपहार दिएका छन् ।

महानगरपालिकाको कार्यशैलीप्रति असन्तुष्ट महानगरवासीले मंगलबार उपमेयर हरिप्रभा खड्गीलाई रानीपोखरीमा उम्रिएको घाँस उपहार दिएका हुन् ।

महानगरको कार्यशैलीप्रति असन्तुष्ट उनीहरुले ज्ञापनपत्र बुझउँदै चाँडै काम सुरु गर्न नेतृत्वका ध्यानाकर्षण पनि गराए ।

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर मल्लकालीन स्वरुपमै बनाउन पनि स्थानीयवासीको माग छ ।

पुरातत्व विभागले रानीपोखरी वरिपरी लगाइएको सिमेन्टको पर्खाल भत्काउन निर्देशन दिएपनि अहिलेसम्म नभत्काइएकामा उनीहरुले आपत्ति जनाए ।

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले मापदन्डविपरीत लगाइएको पर्खाल हटाउने निर्णय भइसकेको जानकारी दिँदै सर्वोच्च आदालतमा मुद्दा परेकाले पनि काममा ढिलाइ भएको जिकिर गरिन् ।