
काठमाडौं । साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै आन्दोलनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहिन टुंगिएको छ ।
महानगरको वार्ता टोली र ईःका प्रतिनिधिबीच मंगलबार अबेर रातिसम्म चलेको वार्ता बिना निष्कर्ष टुंगिएको वार्तामा हो ।
वार्तामा प्रवक्ता मानन्धर, मेयर बालेन शाहको सचिवालयबाट कुमार बेनलगायत सहभागी रहेका थिए भने अभियन्ता ईःका तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी थिए । वार्तामा काठमाडौं महानगरले सडक व्यवसायीलाई स्थान तोकेर व्यापार गर्न दिन लचिलो भए पनि व्यवसायीले त्यो स्वीकार नगरेका कारण वार्ता बिथोलिएको अनुमान गरिएको छ ।
वार्तामा ४ बुँदे सहमति हुने करिव निश्चित भएपनि एउटा बुँदा मेयर शाहले संशोधन गरेपछि वार्ता भांँडिएको बुझिएको छ ।
शहरका गरिबलाई गरिखान दिनुपर्ने लगायतका माग राखेर अभियन्ता ईः विगत ८ दिनदेखि उभिएर आन्दोलनरत छन् ।
प्रतिक्रिया दिनुहोस्