२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इराकमा विवाह समारोहमा आगलागी हुँदा १ सय जनाको मृत्यु


6.37k
Shares

एजेन्सी । इराकमा एक विवाह उत्सवमा आगलागी हुँदा १ सय जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार अनुसार इराकको निनभ शहरस्थित एक विवाह समारोहमा भएको आगलागीमा अन्य १ सय ५० भन्दा बढी घाइते भएका छन् ।

निनभ राज्यको उत्तरी क्षेत्रस्थित अल हम्दानिया जिल्लामा मंगलबार राति भएको उक्त घटनामा बेहुला र बेहुलीले समेत ज्यान गुमाएको आशंका गरिएको छ ।

घटनाको यकिन कारण स्पष्ट नभएपनि आतसबाजी जलाउँदा आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ ।