
एजेन्सी । युक्रेनले क्राइमियामा गरेको क्षेप्यात्र आक्रमणमा आफ्ना कमाण्डर नमारिएको दाबी रुसले गरेको छ ।
क्राइमियास्थित सेभास्तपोलमा रुसी जल सेनाको अखडामा आक्रमण गर्दा ‘ब्ल्याक सि फ्लीट’ का कमाण्डरसहित ३३ सेना मारिएको दाबी युक्रेनले गरेको थियो ।
कृष्ण सागरमा तैनाथ रुसी लजसेनाका कमाण्ड मारिएको दाबी युक्रेनले गरेपछि रुसले मंगलबार भिडियो सार्वजनिक गर्दै आफ्ना कमाण्डर भिक्टर सोकोलोभ जिवित रहेको प्रमाण दिएको हो ।
रुसी रक्षामन्त्रीसँग भर्चुएल बैठकको उक्त भिडियो मंगलबार लिईएको रुसको दाबी छ । युक्रेनले पछिल्लो समय रुसी बन्दरगाहा शहर सेभास्तपोलमा आक्रमण तीब्र पारेको छ ।
यता रुसले सेप्टेम्बरमा मात्रै १७ हजार युक्रेनी सेना मारिएको र २७ सय हतियार नष्ट गरेको जिकिर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्