
काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले मयोर्कासँग २–२ गोलको बराबरी खेलेको छ ।
खेलमा दुई पटक पछाडि परेको अवस्था उल्ट्याउँदै बार्सिलोनाले खेल बराबरी गर्दै अंक बाँडेको हो ।
बार्साको लागि राफिन्हा र फर्मिन लोपेजले एक एक गोल गरे । घरेलु टोली मयोर्काका भेदात मुरीकी र आब्दोन प्राट्सले एक एक गोल गरेका थिए ।
ला लिगाकै अर्को खेलमा मंगलबार राति सेभियाले अल्मेरियालाई ५–१ ले हराएको छ । यो सिजन अपराजित रहेको बार्सिलोनाले मंगलबार रातिको बराबरीपछि ला लिगाको तालिकामा ७ खेलबाट १७ अंक पु र्याएको छ ।
एक खेल कम खेलेको जिरोनाको १६ अंक छ भने तेस्रो स्थानको रियाल मड्रिडको १५ अंक छ ।
प्रतिक्रिया दिनुहोस्