२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सर्लाहीका मुसहर समुदायका महिलाको अझै नागरिकता नपाएकाे गुनासो


338
Shares

काठमाडौं । सर्लाहीका मुसहर समुदायका महिलाहरुले आफ्नो समुदायका कतिपय मानिसहरु अहिले पनि नागरिकताबाट बञ्चित रहेको गुनासो गरेका छन् ।

राजधानीमा बुधबार गरिएको राष्ट्रिय स्तरको सिकाई आदानप्रदान कार्यक्रममा सहभागी हुन आएका मुसहर महिलाहरुले चुनावको बेलामा विभिन्न आश्वासन देखाउने नेताहरु चुनावपछि फर्केर पनि नजाने गरेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले मुसहर सुमदाय श्रम शोषणको चपेटामा परेको बताउनुभयो ।

यस्तै, सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले तराईका मुसहर समुदायको अवस्था दयनिय रहेकोले उनीहरुलाई गरिबीबाट मुक्त गर्ने जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो ।