२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


४४ औं विश्व पर्यटन दिवसका अवसरमा आज बर्दियामा पर्यटकलाई स्वागत


195
Shares

बर्दिया । ४४ औं विश्व पर्यटन दिवसका अवसरमा आज बर्दियामा पर्यटकलाई स्वागत गरिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विदेशी पर्यटकको समूहलाई ढाकाटोपी लगाएर स्वागत गर्नुभएको हो ।

पर्यटकको समूहलाई ठाकुरबाबा नगरपालिकाको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा स्वागत गरिएको हो ।

उनीहरुलाई प्रदेशसभा सदस्य जन्मजय तिमिल्सेना, नगरप्रमुख तिलकराम लम्साल, उपप्रमुख विना भट्टराई लगायतले स्वागत गर्नुभएको थियो ।

विशेषतः बाघ र गैंडा हेर्न पर्यटक बर्दिया आउने गर्दछन् । पर्यटकलाई बर्दियाको संस्कृति पनि परिचित गराउने योजना नगरपालिकाको रहेको छ ।