२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दूरसञ्चारमा हुने चुहावट र भ्रष्टाचारलाई रोक्नुपर्छ : अध्यक्ष लिङ्देन


39
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल दूरसञ्चार प्राधिकरणमा हुने चुहावट र भ्रष्टाचार रोकिनुपर्ने बताउनुभएको छ ।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले विगत पाँच वर्षदेखि दूरसञ्चार प्राधिकरणबाट प्राप्त हुने राजश्व कमि भइरहेको बताउनुभयो । उहाँले उपभोक्ताहरु बढीरहेको तर राजश्व भने घटिरहेको भन्दै यसप्रति गम्भिर हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले प्राधिकरणमा भ्रष्टाचार भइरहेको कुरा आएको उल्लेख गर्दै यस विषयमा समितिमा पनि छलफल गर्नुपर्ने बताउनुभयो । प्राधिकरणले भित्राउन खोजेको प्रविधि उपयुक्त नभएमा अन्य प्रविधि भित्राउनुपर्ने बताउनुभयो । उहाँले प्राधिकरणमा भइरहेको चुहावट र भ्रष्टाचार रोक्नुपर्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले चाडपर्व नजिकिँदै गर्दा खाद्य पदार्थको कृतिम अभाव सिर्जना गर्ने र अप्रत्याशित ढंगले मूल्यवृद्धि हुने काम भइरहेको भन्दै त्यसलाई पनि रोक्नुपर्ने बताउनुभयो ।