२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी आगामी रणनीति घोषणा पत्र जारी


104
Shares

काठमाडौं । खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी राष्ट्रिय सम्मेलनमार्फत २० बुँदे खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी आगामी रणनीति घोषणा पत्र जारी गरेको छ ।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी राष्ट्रिय सम्मेलनले २० बुँदे खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी घोषणा पत्र जारी गर्दै सकिएको हो ।

सम्मेलनमा सात वटै प्रदेशमा प्रदेश स्तरीय खानेपानी, सरसफाई र स्वच्छता क्षेत्रगत संयुक्त समीक्षामा खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा संलग्न तीन तहका सरकार, विभिन्न सरकारी निकाय, निजी क्षेत्र एवं गैरसरकारी क्षेत्र, नागरिक समाज तथा विकास साझेदार क्षेत्रका प्रतिनिधिहरुले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल सरकारका पूर्वसचिव सुमन शर्माले ९ महिना लामो छलफलपछि बुधबार खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी आगामी रणनीति घोषणा पत्र जारी भएको बताउनुभयो । उहाँले विभिन्न विकास साझेदार संस्था लगायत सातै प्रदेशका प्रतिनिधि लगायत स्थानीयतह समेत छलफल गरी योजना बनाएको बताउनुभयो ।

दुई दिनसम्म चलेको राष्ट्रिय सम्मेलनले खानेपानी र सरसफाई क्षेत्रको विभिन्न विषयमा भएका प्रगति, लक्षित कार्यक्रम र उपलब्धीको समीक्षा गर्दै आगामी रणनीति तय गरेको छ ।